'प्रस्तावमा नेपाल छैन'

|

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा चलिरहेको शक्ति संघर्ष पछिल्लो एक महिनायता गम्भीर मोडमा पुगेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको शक्ति संघर्षले पार्टी नै विभाजनको मुखमा पुगेको बताइन्छ। यसलाई लिएर नेकपाका शुभचिन्तक र कार्यकर्ता चिन्तित देखिएका छन्। दुई नेताबीचको तनाव अहिले तल्लो तहसम्म नै पुगेको छ। अझ अध्यक्ष दाहालले ओलीविरुद्ध १९ पेज लामो अभियोग पत्र नै दर्ता गरेपछि पार्टी अब विभाजनतर्फ अघि बढेको ठहर गर्ने पनि धेरै छन्। देश कोरोना संकटमा फसिरहेका बेला नेकपाभित्रको यो विवादलाई धेरै कु-बेलाको रडाको पनि भनेका छन्। यही सन्दर्भमा थाहाकर्मी नरेन्द्र सापकोटाले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग सम्वाद गरेका छन्। 

अहिले नेकपा फुट्ला की जुट्ला भन्ने  आँकलन भइरहेका छन्। तपाईं अहिले नेकपाको अहिलेको विवाद कुन तहसम्मको हो भन्ने ठान्नुहुन्छ? 

विवाद गम्भीर हो। यो विवादले सबैभन्दा पहिले देशलाई घाटा हुने भइसक्यो। जनतालाई नागरिकलाई पनि धेरै ठूलो क्षति पुगिसक्यो।  यो विवादले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि क्षति पुगिसक्यो। विवाद सँघारमै छ। तर, मेरो विचारमा विघटनका लागि यसको आयु परिपक्व भइसकेको छैन। विघटनका लागि कुनै कुनै राष्ट्रियस्तरको निर्वाचन चाहिन्छ २ महिना, ४ महिना, ६ महिना पछि। अहिले सबैजना कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता कोही चिन्तित होलान् कोही मोजमा होलान्। समर्थक, शुभेच्छुकहरू चिन्तित हुन्छन्।

पार्टीको र्‍याङकिङ फाइभमा बस्ने, देशभर सातमध्ये ६ प्रदेशमा, केन्द्रमा शासन गरिरहेकाहरुले चाहिँ अहिले पार्टी फोड्ने पक्षमा नहुन सक्छन्।  प्रतिनिधिहरूलाई ठूलो क्षति हुन्छ। सबैभन्दा ठूलो क्षति प्रधानमन्त्री स्वयमलाई हुन्छ।  प्रधानमन्त्री मात्रै होइन पुष्पकमल दाहालजीलाई पनि हुन्छ। अहिले पार्टी फोडेर पार्टी निर्माणको लागि चाहिने जुन भूमि हुन्छ त्यो भूमि स्थानीय निर्वाचन हो। 

अहिलेको कचकच कुनै कुनै प्याच अपमा जान्छ। यसले सामिप्यताको रुप लिन्छ यसले अलिकति लामो रुप लिन्छ।  अन्तरविरोधहरु भने प्रष्टै रहन्छन्।  पार्टी फुटेर दुइटा पार्टी दर्ताको लागि ति प्रक्रिया सुरु गर्नको लागि चाहिँ गाह्रो छ।  थुप्रै कुराहरूले गाह्रो छ। केन्द्रीय कार्यसमितिमा ४० प्रतिशत चाहिन्छ, संसदीय दलको ४० प्रतिशत चाहिन्छ, निर्वाचन आयोगमा दर्ता हुनुपर्छ, यी तमाम राजनीति कुरा र रणनीतिक कुरा र मनोवैज्ञानिक कुराहरूले गर्दा पार्टी फुटको संघारमा चाहिँ छ, मन त फुटि  सक्यो । तर, माथिबाट तलसम्म जुन अहिले फुट्ने हल्ला चलिरहेको छ, एकले अर्कालाई नदेख्ने, लखेट्ने जस्तो सुरेन्द्र पाण्डेको घटना। यो चाहिँ पार्टी फुटको लागि आधार तलतल बन्दैछ, केन्द्रमा पनि बन्दै छ।

माधवजीलाई बोलाएर कोठामा राखेर अब अध्यक्ष तपाईं हो है म पछिको कहाँ प्रचण्डलाई दिन्छु भन्ने हो भने माधवजीको विरोध कहीँ न कहीँ मत्थर भइहाल्छ। पुष्पकमल दाहालजीलाई अहिलेसम्म तपाईं पार्टी पुरै चलाउनुस् म प्रधानमन्त्री चलाउँछु पाँच वर्ष भन्दा उहाँले मानेको हो नि।  शेरबहादुरजीलाई तपाइँलाई पार्टीले खेदेको छ तपाइँलाई मै अँगालो हाल्छु भनेर उहाँलाई पनि फकाउनु भएको छ। 

तर, अहिले तत्कालै पार्टी फुट्ने या काँग्रेससँग समीकरण मिलाएर सरकारमा जाने सम्भावना छैन। यो थ्रेट हो। अहिले हाम्रो प्रधानमन्त्री जीको काम भनेकै त्यही हो। विभिन्न चरणमा थ्रेट गरिरहनु भएको छ पुष्पकमल दाहालजीलाई। प्रतिपक्षलाई त सखापै पारिदिनु भएको छ। आफ्नो एउटा ब्राण्ड जस्तो मात्र पारिदिनु भएको छ।  कांग्रेसको पनि देउवा धारलाई।  प्रधानमन्त्री यी सबै कुराहरुमा सक्षम हुनुहुन्छ। 

मुलुक चलाउन उहाँको आफ्नो ढंगले असक्षमता जतिसुकै भए पनि पार्टीका को को नेताहरुको के के कमजोरी हो, कसलाई धम्क्याउने हो, कसलाई फकाउने हो, माधव नेपाललाई कसरी झुक्याउने, प्रचण्डलाई कसरी धम्क्याउने, शेरबहादुरजीलाई कसरी लोभ र लालचमा फसाउने यसमा उहाँ सक्षम नै हुनुहुन्छ। 

तपाईंले पार्टी फुट्ने सम्भावना छैन भन्नु भयो। किनकि पार्टी संसदीय दलमा पनि केन्द्रीय समितिमा पनि ४० प्रतिशत चाहिने, अरु विविध प्राविधिक पक्षहरू छन् जसले गर्दा अहिले फुट्ने सम्भावना छैन। त्यसो भए कांग्रेससँग सत्ता साझेदारीको कुरा गर्नुको एउटा मात्रै मक्सद भनेको प्रचण्डलाई तर्साउने मात्रै हो? 

आइ पर्दा जे पनि गर्ने हो। त्यस्तो आइ नै लाग्यो भने सबै फोर्सलाई ओपन गर्ने हो राजनीतिमा। हरेक विकल्पहरु लिएर प्रधानमन्त्री बस्न खोज्दै हुनुहुन्छ। पार्टी फोड्ने अध्यादेश ल्याएर र काँग्रेससँग मिल्ने। उहाँलाई विकल्पहरु क्रियट गने, स्पेस क्रियट गर्ने चाहिँ पुष्पकमल दाहालजी, माधवजी, देउवाजीहरुले गर्दैछन्।  यिनीहरूको आफ्नो एजेण्डा केही पनि छैन कसैको पनि। सकारात्मक एजेण्डाहरुको डिक्स्नरी लिएर प्रधानमन्त्री बस्नु भएको छ।

त्यो डिक्स्नरी लिएर कुन बेला कुन भोकाबलरी प्रयोग गर्नुपर्छ त्यो उहाँले राम्ररी गर्न सकिरहनु भएको छ।  उहाँ अहिले प्रधानमन्त्री पनि र नेकपा जस्तो ठूलो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ।  

माधवजीलाई बोलाएर कोठामा राखेर अब अध्यक्ष तपाईं हो है म पछिको कहाँ प्रचण्डलाई दिन्छु भन्ने हो भने माधवजीको विरोध कहीँ न कहीँ मत्थर भइहाल्छ। पुष्पकमल दाहालजीलाई अहिलेसम्म तपाईं पार्टी पुरै चलाउनुस् म प्रधानमन्त्री चलाउँछु पाँच वर्ष भन्दा उहाँले मानेको हो नि।  शेरबहादुरजीलाई तपाइँलाई पार्टीले खेदेको छ तपाइँलाई मै अँगालो हाल्छु भनेर उहाँलाई पनि फकाउनु भएको छ। 

प्रधानमन्त्रीको स्वास्थ्य खराब ढंगले हामीले आँकलन गर्यौँ, उहाँले त्यसबाट पार पाउनु भयो। तर, उहाँले पाएको जुन शक्ति हो त्यो उहाँले राष्ट्रिय मायामा खर्च नगरेर, नेपाली जनताको हितमा खर्च नगरेर, कोभिड-१९ सँग लड्न खर्च नगरेर एकपछि अर्काे गेमहरू बनाउनु भयो गेम हेरेर बडो रमाउनु भएको छ।  ओलीजीलाई अहिले भइरहेको राजनीतिक कार्यशैलीलाई कारबाही दिन संसदमा प्रचण्ड जीले, माधव जीले या देउवा जीले सक्दैनन्।

यसको लागि उहाँ जनमतमा जान सक्नुहुन्छ र रियल के पोजिसन छ । लाखौँ युवाहरु विदेशबाट फर्के तिनीहरुले उहाँलाई कसरी हेर्छन्। उहाँको जजमेन्टको लागि हामीले २ वर्ष पर्खिनु पर्छ। उहाँले सबैलाई त खेलाउन सकिराख्नु भएको छ। तर, अन्तराष्ट्रिय भूराजनीतिलाई पनि आफ्नो पक्षमा एक पक्षीय रुपमा पार्न चीनको राजदूतलाई प्रयोग गरिरहनु भएको छ।  यी सबै चिजमा उहाँ महारथी चाहिँ सावित भइराख्नु भएको छ। यो पनि राजनीतिको आयाम हो। त्यसैले अहिले नेकपा फुटेर जानै भ्याउँदैन। जाने ठाउँ नै छैन। 

अहिलेको अवस्था हेर्ने हो भने पार्टीको सचिवालयमा पनि केपी ओली अल्पमतमै हुनुहुन्छ। स्थायी कमिटी, केन्द्रीय समितिमा जाने हो भने परिस्थिती उहाँको पक्षमा आउला भन्ने आँकलन गर्न सकिँदैन। पछिल्लो १० दिन केपी ओली अल्पमतबाट बहुमत सञ्चित गर्न लागेको पाउनुहुन्छ?  

त्यो पनि गर्दै हुनुहुन्छ उहाँ। त्यसका केही संकेत वामदेवबाट आइसकेका छन्।  माधव नेपालजीबाट पनि आइसकेका छन्। त्यसका केही संकेतहरु गलेको, थाकेको त स्वयम् पुष्पकमल दाहालजीबाट पनि आएको छ।  उहाँले मैले पार्टी फुटाउन खोजे कै छैन भनेर आफ्ना साथीहरुलाई भन्नु भएको छ। किनभने उहाँसँग विकल्प नै छैन। कसैसँग विकल्प छैन। सबै विकल्पहरु खुल्ला गरेर बसेको प्रधानमन्त्रीले नै हो।  

प्रधानमन्त्रीसँग अध्यादेश ल्याउने, राष्ट्रपतिलाई प्रयोग गर्ने, चीनलाई प्रयोग गर्ने,  शेरबहादुर देउवालाई प्रयोग गर्ने विकल्प खुल्ला छ। अहिले कम्युनिष्ट कार्यकर्तालाई यो फुट्यो भनेर लागिरहेको छ यो फुट्दैन।  १९ पेजको आरोप पत्र पुष्पकमल दाहाल जीले ल्याउनु भएको छ त्यो भन्दा पनि कडा ल्याउने वाला हुनुहुन्छ ओली जी। ओलीका दायाबायाँ बस्ने हिंस्रकहरु फ्रन्टलाइनमै आइसके। प्रधानमन्त्रीको प्रेस एडभाइजर शालीनताको अपेक्षा संसारमै नदेखिएको देखिँदैछ। गोकुल बाँस्कोटा फ्रन्टलाइनमा आएर लड्न खोज्दै हुनुहुन्छ।  

ओलीजीसँग देशव्यापी रुपमा भएको एउटा लडाकु जमात जुन हिजो माओवादीको विरुद्ध प्रयोग गर्नु भएको थियो त्यो धार, त्यो सोच, त्यो लडाकु फेरी एकपटक प्रचण्ड र प्रचण्डलाई सपोर्ट गर्ने टिममाथि खनिएको छ।  अन्तमा यो काँग्रेससँग पनि खनिन्छ पक्का छ यो।  शेरबहादुर जीले बुझिरहनु भएको छैन। कांग्रेस यसबाट मुक्त हुनेवाला छैन।  माधव जीसँग राष्ट्रिय राजनीतिमा आएका, बुझेका, पढे लेखेका, अलि केही चाहिँ गर्नुहुँदैन है भन्ने सोच भएका छन्।

तर, राजनीतिमा जसरी पनि जानुपर्छ जे पनि गर्नुपर्छ, खजाना लुटेर हुन्छ कि बाँडेर हुन्छ जसरी पनि ओलीजीलाई अगाडि ल्याउनुपर्छ,उहाँका हामी रक्षक हौँ भनेर लाग्ने टिम उहाँसँग छ।  

त्यसो भए जति मच्चिए पनि नेताहरुलाई पछाडि फर्कने ठाउँ छैन? पार्टी फुटाएर जानसक्ने अवस्था छैन त्यसो भए?

त्यस्तो होला भनेर मलाइ लाग्दैन।  २ वटै स्टेटमेन्ट आइसकेपछि केही होला। फेरी हामीले यो यो आत्मालोचना गर्‍यौँ, गल्ती सच्यायौँ भनेर। यो पहिले पनि भइसकेको छ।  फेरी पनि त्यही हुनेवाला छ। यसपटक शेरबहादुर जीले, प्रवक्ताले पनि तिमीहरु पहिले फुटेपछि मात्रै सत्ताको कुरा गर्छौँ भनेर ठिक जवाफ दिइसकेका छन्।  कांग्रेसले आफूले लिनुपर्ने अडान लिएको देखिन्छ।

ओलीजीसँग देशव्यापी रुपमा भएको एउटा लडाकु जमात जुन हिजो माओवादीको विरुद्ध प्रयोग गर्नु भएको थियो त्यो धार, त्यो सोच, त्यो लडाकु फेरी एकपटक प्रचण्ड र प्रचण्डलाई सपोर्ट गर्ने टिममाथि खनिएको छ।  अन्तमा यो काँग्रेससँग पनि खनिन्छ पक्का छ यो।  शेरबहादुर जीले बुझिरहनु भएको छैन। कांग्रेस यसबाट मुक्त हुनेवाला छैन।  माधव जीसँग राष्ट्रिय राजनीतिमा आएका, बुझेका, पढे लेखेका, अलि केही चाहिँ गर्नुहुँदैन है भन्ने सोच भएका छन्।

तत्कालका लागि टर्छ। फेरि अधिवेशनको संघारमा सुरु हुन्छ। यो पार्टी एक भएर बस्न सक्दैन यो चाहिँ म ग्यारेन्टी दिएर भन्न सक्छु।  यो कहिले फुट्छ भने अलि परिपक्व भएकै छैन।  यसको लागि स्थानीय निर्वाचन, राष्ट्रिय निर्वाचन हुनुपर्छ। शक्ति आर्जन गर्न। पुष्पकमल दाहाल जीसँग कोही पनि छैन । उहाँलाई हिजोका एमालेले साथ दिइरहेका छन् झलनाथजीहरुले। उहाँका हिजोका साथीहरुले अगाडि आएर प्रचण्ड जी ठिक हो निस्केका छैन। वर्षमान पुन पनि निस्केका छैनन्।  कोही पनि मैदानमा आएका छैनन्।

दाहालजीले प्रतिवेदनमा कम्युनिष्ट पार्टीमा सांस्कृतिक विचलन आयो भनेर लेख्नु भएको छ।  सांस्कृतिक विचलनको मुहान चाहिँ उहाँ स्वयम् दाहालजी हो। उहाँले जुन दिन आफूलाई सांस्कृतिक रुपान्तरण गर्नुहुन्छ, ०६२/०६३ को आन्दोलनमा जुन उहाँको इमेज थियो, गरीबको पक्षमा, दलितको पक्षमा, महिलाको पक्षमा, देशको पक्षमा एक ढंगले उहाँ हिंस्रक भएर आएपनि नेपालको गेमचेन्जरको रुपमा उहाँको इमेज थियो। यो सबै कुराहरु यो एक दशकमा उहाँको पारिवारिक मोह, उहाँको सत्ता मोह, उहाँले नेपालका पिछडिएकाहरुलाई गर्ने संरक्षक तरिका, उहाँको रवाफले तहसनहस भएको छ।  उहाँको त्यो देखेर तत्कालीन माओवादी फुटेको छ।

त्यही ढंगको सांस्कृतिक विचलन देखेर पुरा ढंगबाट नेकपा एमाले विचलन भएको छ।  दाहाल जीले त्यो पतन उठाउन सक्नुहुन्छ। तर, त्यसको लागि ठूलो छाति चाहिन्छ, ठ्रलो त्याग चाहिन्छ।  त्यसकालागि आफूले पठाएको मन्त्रीहरुलाई आउ भन्न सक्नुपर्छ। यो सरकार भनेको प्रधानमन्त्री मात्रै हो र? आफ्नो बुहारी पनि हो नि। तिमीबाट राम्रो काम भएन तिमी बाहिर आऊ भन्ने बित्तिकै त प्रचण्डकै इमेज एक स्टेप माथि जान्थ्यो।  त्यस्तै वर्षमान पुनलाई प्रधानमन्त्रीले कुलमानलाई नियुक्ति गरेनन्, त्यही आधारमा तिमी सरकारबाट हट भनेको भए इमेज बढ्थ्यो। तर, कमिसनको लागि आफ्ना मान्छेहरूलाई सारा सरकारमा राखेर त्यही कमिसनले सरकार बदनाम भइरहेको छ। आफू अंशियार भइरहेको छ। अनि प्रधानमन्त्रीलाई मात्रै गाली गरेर हुन्छ? प्रधानमन्त्रीले त हेपी हाल्छ नि। प्रचण्डको प्रस्तावनामा कहीँ पनि नेपालको सम्भावना छैन। 

यो एकता महाधिवेशनसम्म पनि फुट्ने र नफुट्ने टुंगो छैन त? 

छैन। छैन। एउटा के चाहिँ छ भने पुष्पकमल दाहाल जीको पार्टी र नेकपा एमाले जसरी बनेको छ। यी दुइटाको लडाइँ हो। व्यक्तिको होइन। पार्टी र सभ्यताको लडाइँ हो।  यो दुईटा पार्टी नदीका दुई धार जस्ता छन। यी पार्टीको संस्कृति, निर्माणको प्रक्रियालगायत थुप्रै कुराहरु मौलिक रुपमै फरक छ।  माथि आदेशपालकको मिल्यौँ भन्दा चुनावमा मिलेर गए।

प्रचण्डजी काठमाडौंकरण हुनुभएको छ। उहाँले पार्टी निर्माण गर्न पाँच/सात वर्ष लागिहाल्छ। मैले गिरिजाप्रसाद कोइरालासँग नजिक बसेर काम गरेको हो। उहाँ कहिल्यै पनि काठमाडौं बस्नु भएन। बिराटनगर, राजबिराज जानुहुन्थ्यो,  हरेक महिना पाँच  जिल्ला जाने उहाँको कार्यक्रम हुन्थ्यो। पोखरा, स्याङजा गइहाल्नुहुन्थ्यो। पुष्पकमल दाहाल जीको जस्तो काठमाडौं करण, बसाइ त प्रजा परिषदका नेताहरुको पनि थिएन।

तर, यिनीहरुको कार्यशैली, सोच, उठबस, रहन सहनमा धेरै ठूलो फरक छ।  त्यसैले दुईटा पार्टी मिल्न सक्दैनन्। हिजोको माओवादी केही केही ठाउँको आइसोलेटेड बकेटहरु बाहेक संगठन नै छैन । निर्वाचनले देखाइसकेको छ।  यसको चिन्ता कुनै पनि हिजोको माओवादीलाई देखिँदैन। अनि तिनले पार्टी कसरी फोड्न सक्छन्।  अपमान, अपराधी जस्तो हुनुहुन्दा बरु सानो पार्टी बनाएर निर्माणमा लाग्छु भनेर पार्टी बन्यो भने प्रचण्डको रियल पार्टी हुन्छ।  पूर्व एमाले र पूर्व माओवादीको मिलन विन्दु भेटिन भने गाह्रो छ। 

महाधिवेशनमा पुग्दा अहिले एक ठाउँमा रहेका माधव नेपाल र प्रचण्ड लड्ने, केपी ओली स्वयम् मैदानमा उत्रिने सम्भावना पनि छ? 

केपी ओली जी नउठे पनि, माधवजी नै नउठे पनि पूर्व एमाले र पूर्व माओवादी एकै नदीका दुई धार हुन्। यिनीहरु संयुक्त रुपमा अब हुने महाधिवेशनमा गए भने पूर्व माओवादीबाट कोही केन्द्रीय सदस्य उठ्यो भने जित्ने सम्भावना पनि छैन।  पुष्पकमल दाहालजीको अध्यक्ष हुने सम्भावना त एकदमै कमजोर छँदैछ। त्यसैले प्रचण्डले आफ्नै पार्टी नबनाई सुख छैन। पूर्व एमालेले पूर्व माओवादीलाई राम्ररी बुझेको छ।  पूर्व माओवादीले पूर्व एमालेको केही पनि बुझेको छैन। 

यस्तो अवस्था आए औपचारिक रुपामा फुटे भन्नै नपर्ला स्वतः फुट्ने होला नि है? 

हो त। स्वत फुटेकै त्यही हो। अहिले स्वाद मिलेको छ। सबैभन्दा मिठो भोजन सरकारको ढुकुटीको पैसामा हुन्छ भन्छन् क्यारे।  माओवादीमा नारायणकाजी पार्टी निर्माण गर्न सक्नुहुन्न । गर्नसक्ने व्यक्तित्व पुष्पकमल दाहाल जी नै हो। उहाँको सांस्कृतिक रुपान्तरण हुन जरुरी छ।  

प्रचण्डजी काठमाडौंकरण हुनुभएको छ। उहाँले पार्टी निर्माण गर्न पाँच/सात वर्ष लागिहाल्छ। मैले गिरिजाप्रसाद कोइरालासँग नजिक बसेर काम गरेको हो। उहाँ कहिल्यै पनि काठमाडौं बस्नु भएन। बिराटनगर, राजबिराज जानुहुन्थ्यो,  हरेक महिना पाँच  जिल्ला जाने उहाँको कार्यक्रम हुन्थ्यो। पोखरा, स्याङजा गइहाल्नुहुन्थ्यो। पुष्पकमल दाहाल जीको जस्तो काठमाडौं करण, बसाइ त प्रजा परिषदका नेताहरुको पनि थिएन।

उहाँले पार्टी निर्माण गर्न यहाँबाट बाहिर निस्केर नयाँ ढंगको दुख गर्नुपर्छ। हिजो आदिवासी जनजातिहरूलाई लिएर, अरु समुदायका युवाहरुको हातमा बन्दुक थमाएर बनाएको संगठन कस्तो हुँदो रहेछ भन्ने त उहाँले देखिहाल्नु भयो। 

निष्कर्षमा पार्टीको अध्यक्ष हुने हो भने प्रचण्डलाई यही पार्टीबाट सम्भावना छैन होइन त? 

उहाँको मात्र हैन पूर्व माओवादी कसैको पनि छैन। पुरै यतै लागे भने केहीले केन्द्रीय सदस्य जित्लान्।  आफूलाई पुरै रुपान्तरण गरेर माधव नेपालको वा के पी ओलीको टिममा लागेर जित्लान्। तर, पूर्व माओवादीको स्वाभिमान र आदर्शले भरिएको मान्छे कसरी त्यस्तो होला?  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.