|

भद्रपुर : झापामा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक सय चार पुगेको छ।  भद्रपुर नगरपालिका ७ बस्ने ६५ वर्षीया अन्नमाया कार्कीको मृत्यु भएसँगै जिल्लामा सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक सय पुगेको हो। हिजोसम्म जिल्लामा १०३ जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

भद्रपुरमा सङ्क्रमणबाट मृत्यु भएका महिला कार्कीलाई मङ्सिर ३ गते संक्रमण पुष्टि भएको थियो। दीर्घ रोग लागेका ती महिलामा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएकी जनाइएको छ। मङ्गलवार राती उनको घरमै मृत्यु भएको हो। उनको शवलाई नेपाली सेनाद्वारा राति नै कनकाई माईमा दाहसंस्कार गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए।

त्यस्तै भद्रपुरमा आज अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन्। होम आइसोलेसनमा बस्दै आएका ९ जनामा पुनः कोरोना पोजेटिभ देखिएसँगै २३ जना संक्रमित थपिएको शाखाका फोकल पर्सन भट्टराईले बताए। थपिएका सबै स्थानीय हुन्।

भद्रपुरमा मात्र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। त्यस्तै जिल्लाको मेचीनगरमा दुई महिलासहित ८ जना, बिर्तामोडमा दुई महिलासहित १० जना, कनकाईमा एक महिलासहित ७ जना, अर्जुनधारामा दुई महिलासहित ६ जना, दमकमा नौ महिलासहित ३१ जना, गौरदाहमा दुई महिलासहित १३ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ।

त्यस्तै, शिवसताक्षीमा एक महिलासहित पाँच जना, बुद्धशान्तिमा एक महिलासहित दुई जना, हल्दिबारीमा एक जना, कचनकवलमा एक जना, कमलमा एक महिलासहित पाँच जना, गौरीगञ्जमा एक जना र झापा गाउँपालिकामा एक महिलासहित तीन जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक उल्लेख छ।  बाह्रदशीमा गाउँपालिका अहिलेसम्म सङ्क्रमणबाट कसैको मृत्यु भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.