|

काठमाडौं :  च्याम्पियन्स लिग फुटबलमा  लिभरपुल पराजित भएको छ। गएराति सम्पन्न समूह डीको अन्तिम खेलमा  लिभरपुल एटलान्टा सँग  २-० गोल अन्तरले पराजित भएको हो ।

एटलान्टाको जितमा जोसिप लिकिक र रोबिन गोसेन्सले एक एक गोल गरेका थिए । जितपछि समुह डी मा एटलान्टाको ४ खेलमा ७ अंक भएको छ भने तेस्रो स्थानमा रहेको छ। लिभरपुलको यो हार पछि ४ खेलमा ९ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा नै रहेको छ।

यसै समुहको गएराति सम्पन्न खेलमा अयाक्सले मिडजियल्याण्डलाई ३(१ गोल अन्तरले पराजित गरेको थियो। चार खेलपछि लिभरपुलको ९, अयाक्सको ७ र एटलान्टाको पनि ७ अंक रहेको छ। त्यस्तै मिडजियल्याण्ड भने अहिलेसम्म सबै खेलमा हार बेहोरेको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.