|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  नव नियुक्त सहमहामन्त्री सुनिल थापालाई नियुक्ति पत्र प्रदान गरेका छन्।

गत साउन १३ गते राप्रपा परित्याग गरी १६ केन्द्रीय सदस्यसहित  ३१ जना नेपाली कांग्रेस प्रवेश गरेको थापाको टोलीलाई बुधबार आफ्नै निवास बूढानीलकण्ठमा देउवाले नियुक्ति पत्र दिएका हुन्।  

सहमहामन्त्री थापा र केन्द्रीय सदस्यमा नियुक्त ९ नेतालाई बुधबार सभापति देउवाले नियुक्ति पत्र प्रदान गर्दै लोकतन्त्र मजबुद बनाउन पार्टीलाई बलियो बनाउने अभियानमा लाग्न निर्देशन दिए ।

यस्तै देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आजबाटै सक्रियता पूर्वक लाग्न निर्देशन दिएका थिए।  नियुक्ति पत्र बुझ्दै सहमहामन्त्री थापाले लोकतन्त्रको रक्षाको लागि सच्चा कांग्रेस कार्यकर्ता भएर लाग्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.