|

उदयपुर : ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्।

ताप्ली गाउँपालिका-५ रुपमाटारका गौरबहादुर देवकोटा र ताप्ली गाउँपालिका-१ ओख्ले घर भएका रितु विकलाई प्रहरीले पक्राउ गरेको विप्लवका उदयपुर जिल्ला इन्चार्ज विजय रामले जानकारी दिए।

विक जिल्ला समिति सदस्य हुन भने देवकोटा हाल विप्लव समुहमा आवद्ध रहेका छैनन्। प्रहरीले के को लागि किन पक्राउ गरेको आफुहरुलाई थाहा नभएको इन्चार्ज विजयले बताए।

ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले गत शनिवार बम विस्फोट गराएको थियो। घटनामा संलग्नहरुको खोजी जारी राखेको प्रहरीले अनुसन्धानको लागि नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम दाहालले बताए।

बम विस्फोटले गाउँपालिकाको कार्यालयको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको थियो। गाउँपालिकाको गेटमा रहेको अर्को बम भने १८ नं. बाहिनी अड्डा भुल्केबाट गएको नेपाली सेनाको टोलीले डिस्पोजल गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.