|

काठमाडौै :  फुटबलका लेजेन्ड  डिएगो म्यारोडानाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाइने भएको छ ।

६० वर्षको उमेरमा बुधबार निधन भएका म्यारोडोनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रपति कार्यालय कासा रोजारामा राखिनेछ। त्यहाँ सर्वसाधारणले तीन दिनसम्म श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन्।

 


 

उनको निधनमा लियोनेल मेस्सी, रोनाल्डोलगायतका खेलाडीले म्यारोडोनालाई श्रद्धाञ्जली दिएका छन्। ब्राजिलका महान खेलाडी पेलेले म्यारोडोनाको निधनबाट विश्वले महान खेलाडी गुमाएको र आफूले नजिकको आफ्नो साथी गुमाएको प्रतिक्रिया दिएका छन्। 

गत नोभेम्बरमा उनको मस्तिष्कबाट ब्लड क्लट निकाल्न अपरेसन गरिएको थियो। त्यसका साथै मदिराको लतबाट मुक्ति पाउनका लागि पनि उनको उपचार चलिरहेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.