|

पर्वत : कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा कास्कीको पोखरामा थप दुई जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाको सङ्ख्या एक सय ४४ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्वारा बिहीबार दिउसो जारी गरिएको विज्ञप्ति कास्की र लमजुङका एक÷एक जनाको मृत्यु भएको जानकारी दिइएको छ।

उनीहरू कास्कीको पोखरा महानगरपालिका–१३ का ६६ वर्षीया महिला रहेकी छिन्। मङ्सिर सात गते संक्रमणको पुष्टि भएकी ती महिलाको बुधवार राती साढे नौ बजे उपचारको क्रममा मणि पाल शिक्षण अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुने अर्की ८७ वर्षीया महिला लमजुङको मध्यनेपाल नगरपालिकाकी हुन्। बुधवार कोरोना सङ्क्रमणको पुष्टि भएकोमा उनको मृत्यु बुधवार नै राती साढे दुई बजे कास्की सेवा अस्पतालमा भएको हो। ती महिलामा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.