|

कञ्चनपुर : भारतीय वन विभागको टोलीले चितुवाको छालासहित टनकपुर नजिकै एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

 भारतीय वन अधिकारीहरुका अनुसार १ दशमलव ३८ मिटर लम्बाइ भएको डेढ वर्ष पुरानो चितुवाको छालासहित कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका बलराज सार्कीलाई पक्राउ गरेको हो।

सार्की बुधवार पक्राउ परेको हुन। प्लाष्टिकको झोलामा चितुवाको छाला राखेर जाँदै गरेका सार्कीलाई सीमा क्षेत्र नजिकैबाट पक्राउ गरिएको बताइएको छ।  पक्राउ परेका सार्की विरुद्ध भारतीय वन्यजन्तु  संरक्षण अधिनियम १९७२ अनुसार मुद्दा दर्ता गरिएको छ।

बरामद छालको डिएनए परिक्षण गरीने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.