|

काठमाडौं : नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित दिनहुँ घट्दै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर  १६ हजार ७९३ जना सक्रिय संक्रमितहरू रहेका छन्।

केही महिनाअघि दैनिक ४० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका थिए। तर, हाल दैनिक संक्रमण मुक्त हुने संक्रमितको संख्या बढ्दै जाँदा संक्रिय संक्रमित घट्दै गएका हुन्।

आज मात्रै २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा  देशभर १४ सय ३७ जना संक्रमित कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ९ हजार ४९१ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.