काठमाडौं : असाप इन्टरटेनमेन्टले हेरिटेज अफ फेसन नेपाल सिजन २ आयोजना गर्ने भएको छ।
मार्च १५ मा नेपाल र अष्ट्रेलियामा आयोजना हुने कार्यक्रमको आयोजक आमा र तीन जन्तुका निर्माता सन्तोष अधिकारी हुन्। उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागिता रहनेछ।
कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। गत वर्षबाट सुरु भएको हेरिटेज अफ फेसन नेपालको पहिलो सिजनको आयोजना पोखरा र अष्ट्रेलियामा गरिएको थियो।
यसवर्ष दुवई र युरोपमा पनि फेसन शोको आयोजना गर्ने योजना सन्तोषको छ। पहिलो सिजनमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धीरज राई, गायिका प्राप्ति तुलाचनको सहभागिता थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।