|

काठमाडौं : उपत्यकामा बिहीबार थप ७ सय ८५  जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ६ सय २०, भक्तपुरमा ५१ र ललितपुरमा १ सय १४ जनामा कोरोना संक्रमित थपिएका छन्। महिला ३ सय ३७ र पुरुष ४ सय ४८ छन्।

काठमाडौं जिल्लामा ७ हजार ६ सय ४४ सक्रिय संक्रमित छन्। ३ सय ३९ संक्रमितको मृत्यु, ७७ हजार ७ सय ८९ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८५ हजार ७ सय ७२ छन्।

भक्तपुरमा सक्रिय संक्रमित ५ सय ८९ छन्। ७ हजार  ४८ कोरोना संक्रमणबाट मुक्त , ८९ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ७ सय २६ छन्।

त्यसैगरी, ललितपुरमा १ हजार ४  सय ९४ सक्रिय संक्रमित छन्। ११ हजार २ सय १४ कोरोना संक्रमणबाट मुक्त, ९६ संक्रमितको मृत्यु र कुल संक्रमित १२ हजार ८ सय ४ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.