काठमाडौं : चिसो बढेसँगै उपत्यकाका चोक-चोकमा न्याना लुगा किन्नेको भीड लाग्न थालेको छ।
कोरोना महामारीको त्रास रहेपनि असन, इन्द्रचोक र सुनधारा लगायत क्षेत्रका पसल-पसलमा सामाजिक दूरी कायम नै नगरी कपडा किनमेलमा व्यस्त ग्राहकहरूको भीड देखिन्छ।
व्यापारीहरू भने गत वर्षजस्तो यसपटक व्यापार नभएको बताउँछन्। कोरोना त्रासका कारण ग्राहक घटेको उनीहरूको दावी छ।
यतिखेर टोपी, महिलाले ओढ्ने बर्को, जाकेट, पञ्जा, ट्रयाकसुट, मोजा लगायतका सामान किन्न ग्राहकहरू पसलमा भीड लाग्ने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।