|

काठमाडौं : भारतमा मिग–२  प्रशिक्षक विमान अरब सागरमा दुर्घटनाग्रस्त भएको छ। विमानमा सवार एक पाइलट सुरक्षित छन् भने एक बेपत्ता भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

घटनाको छानबिनको आदेश दिइएको छ। गत  मंगलबार मात्र भारत, अमेरिका, जापान र अस्ट्रेलियाले संयुक्त युद्ध अभ्यासमा यो विमान पनि सहभागी रहेकाे भारतीय नाैसेनाले जनाएकाे छ। ​नाैसैनिक अधिकारीका अनुसार बिहिबार साँझ पाँच बजे अरबी समुद्री समुद्री किनारमा मीग-२९ के प्रशिक्षक विमान समुद्रमा उडान भरेको थियो।

नौसेनाले हराएको पाइलटको पत्ता लगाउन निगरानी विमान र जहाजहरू परिचालन गरेको छ।

घटनाको उच्चस्तरीय अनुसन्धानको आदेश दिइएको छ। यो वर्ष मिग-२९के को यो तेस्रो दुर्घटना हो। गत फेब्रअरीमा प्रशिक्षण उडानका गर्दा  दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.