|

काठमाडौं :  सिभिल बैंक लिमिटेडले आफ्नो स्थापनाकालको दशौं वर्ष पार गरेको छ। नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त गरेको बैंकले विभिन्न सामाजिक कार्य गर्दै स्थापना दिवस मनाएको हो।

स्थापना दिवसमा बैंकले  कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुबाट प्रतिवद्दता जनाएका छन्।  

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वास गरे। 'आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा 'म एक जिम्मेवार सिभिलियन' सहित हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्न जरुरी छ', उनले भने।

बैंकले 'हाम्रो टिम नेपाल' सँग सहकार्य गरी कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजन गरेको छ। यस्तै,बैंकले मातातीर्थस्थित रहेको मातातीर्थ वृद्धाश्रममा आश्रृत वृद्धवृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो वृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको गुरुङले जानकारी दिए।

वि.स २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंकले  विगत १० वर्षमा हासिल गरेको उपलब्धिहरु प्रस्तुत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.