|

काठमाडौं : बढी सवारीसाधनको चाप रहने उपत्यकाका सडकमध्ये गौशाला–चाबहिल सडक पनि एक हो। तर, यतिखेर यो सडक धुलोले दिउँसै रात परेकोजस्तो देखिन्छ।

न पानी हालेर धुलोको समस्या हटाइएको छ, न त सडक कालोपत्रे नै गरिएको छ। डिभिजन सडक कार्यालय काठमाडौँको आलटालका कारण सर्वसाधारण सास्ती खेप्न बाध्य छन्‌।

कार्यालय काठमाडौले कात्तिक मसान्तसम्म कालोपत्र गर्ने योजना बनाएको थियो। तर, अहिलेसम्म काम गर्ने छाँटकाँट देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.