|

सल्यान : पैसाको प्रलोभन देखाई २२ वर्षीयालाई बलात्कार गरेको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको बागचौर नगरपालिका–३ निवासी ५४ वर्षीय कालो वलीलाई प्रहरीले बिहीबार गिरफ्तार गरेको हो।

दार्मा गाउँपालिका –३ मा भाँडा पसल गर्दै आएका वलीले ती महिलालाई आर्थिक प्रलोभनमा पारी ०७७ असार २७ गते बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले समातेको बताएको छ। 

आफूलाई  पटक पटक बलात्कार गर्दै  आएको र कसैलाई भने ज्यान मार्ने धम्की वलीले दिएका ती महिलाले प्रहरीसमक्ष दिएको उजुरीमा उल्लेख छ। महिलाको पेटमा  गर्भ रहेको सासूले थाहा पाएपछि घटना बाहिर आएको हो।

आर्थिक अवस्था कमजोर भएकी पीडितका पति रोजगारीका सिलसिलामा भारतमा छन्। पीडितको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आरोपितलाई अदालतबाट १५ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्षमण वलीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.