|

काठमाडौं :  निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विभिन्न निर्णय गरेको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिका बैठकले केही निर्णय गरेको हो। 

निर्णयमा कार्यदिशाका सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, लगानी बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणका सम्बद्ध पदाधिकारीले कम्तीमा एक वर्षको कार्यतालिका सहितको ठोस कार्ययोजना बनाई पेस गर्ने र सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने तोकिएको छ। 

त्यस्तै डिभिजन वन कार्यालय, बाराद्वारा वरिपरि निर्माणका निम्ति यसअघि नै गणना सम्पन्न गरिएका ४ हजार २ सय ३२ वटा रुख कटानका सम्बन्धमा समितिको अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयलाई ताकेता गर्नेछ भने बस्ती स्थानान्तरणका सम्बन्धमा सुझाव दिन गठित भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वको समितिले  हालसम्म गरेका कार्यका आधारमा स्थानीय एवं प्रदेश सरकारसमेतको अपनत्व हुने गरी वस्ती स्थानान्तरणका सम्बन्धमा आगामी दिनमा गर्नुपर्ने कृयाकलापहरुको ठोस विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस उल्लेख गरेको छ।

बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक हप्ताभित्र छलफलको आयोजना गर्ने सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने जिम्मेवारी तोकिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण आयोजना कार्यालयको स्तरोन्‍नति गरी हाल कार्यरतभन्दा कम्तीमा दुई तहमाथिको आयोजना प्रमुख खटाउने निर्णयसमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.