|

काठमाडौं : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले ग्रामीण भेगमा लैंगिक हिंसाविरुद्ध अझै कार्यक्रम लैजान नसकिएको बताएकी छन।

राष्ट्रियआदिवासी जनजाति महिला महासंघले शुक्रबार राजधानीमा आयोजना गरेको ‘कोभिड-१९ मा आदिवासी जनजाति महिला हिंसाविरुद्ध राष्ट्रिय परामर्श कार्यक्रम’मा उनले कार्यपत्र प्रस्तुत गर्दै भनिन्,‘लैंगिक समानता नेपालमा अझै आइसकेको छैन। लैंगिक भन्नाले महिला मात्र नभएर पुरुष पनि पर्न सक्छन्। ग्रामीण भेगमा यस्ता कार्यक्रम अझै लान सकिएको छैन।’

नेपालमा मात्रै नभएर विश्वमै यस्ता समस्याको चपेटामा महिलाहरु नै पर्ने गरेको उनको भनाइ थियो। ‘महिला आफ्नै घरमा पनि हिंसामा पर्ने गरेका छन्, ’उनले थपिन्, ‘हिंसाका घटना समाजमा घटे पनि कडा कानुनी कारबाही नहुँदा झनै बढ्ने गरेको छ’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.