|

काठमाडौं : रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत रहेका 'स्मार्ट मिटर' जडान गर्न आउनेलाई रकम नदिन विद्युत् प्राधिकरणले आग्रह गरेको छ।

एमएस पियाङगो विस्डम जोइन्ट भेन्चरसँग मिटर जडान कार्यको लागि सम्झौता भइसकेकाले मिटर जडानको काम सुचारु भइसकेकोले लागि रकम मागेमा नदिनलाई प्राधिकरणले एक सूचना निकाली सूचित गरेको छ।

मिटर जडान गर्ने काम नि:शुल्क हुने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।

एशियाली विकास बैंक,नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा काठमाडौं उपत्यका स्मार्ट मिटरिङआयोजना भएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.