|

लामो समय कोरोना महामारीपछि विस्तारै उठ्न थालेको क्रिकेट प्रतियोगिताहरूमा पुन कोरोना संकट चुनौती बन्ने संकेत देखिएको छ। न्युजिल्यान्ड भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टिम अहिले यही संकटसँग जुधिरहेको छ।

शनिबार भएको टेस्टमा पाकिस्तानका सातौं खेलाडीमा कोरोना पोजेटीभ देखिएपछि पाकिस्तानी टीममाथि दबाब बढेको हो। दुई दिन अघिमात्र उसका ६ खेलाडीलाई कोरोना पोजेटीभ देखिएको थियो। जसका कारण ट्रेनिङ रोकिएको थियो। बोर्डले कुन कुन खेलाडीलाई कोरोना भएको भनेर आधिकारिक नाम भने खुलाएको छैन।

न्युजिल्यान्डले भने पाहुना टोलीले स्वाथ्य प्रोटोकल तोडेको आरोप लगाएको छ। बोर्डले खेलाडीले क्वारेन्टानइमा सामाजिक दूरी कायम नगर्दा समस्या भएको बताएको छ। न्युजिल्यान्ड सरकारले अब फेरि पनि प्रोटोकल तोडेको खण्डमा पाहुना टोलीलाई स्वदेश नै फिर्ता पठाउने चेतावनी दिएको छ।

बाँकी खेलाडीको भने रिपोर्ट नेगेटिभ आएको जनाइएको छ।मिनिस्ट्री अफ हेल्थले सोमबार पुन: सबैको परिक्षण गरिने पनि जनाएको छ। अहिले पाकिस्तानी खेलाडीलाई क्राइस्ट चर्चस्थित होटलमा सेल्फ आइसोलेसनमा रहनका लागि भनिएको छ। उनीहरूलाई अभ्यासका लागि समेत अनुमति दिएको छैन्। मिडियाहरूको दाबीअनुसार पूर्व-कप्तान सर्फराज अहमद, आबिद अली, मोहम्मद अब्बास, रोहैल नाजिर, दानिश अजीज तथा नासिम शाहलाई पोजेटीभ पाइएको दाबी गरेका छन्।

दुई टिमबीच ३ टी-२० तथा २ टेस्ट खेल्ने कार्यतालिका

पाकिस्तान टिम बाबर आजमको कप्तानीमा २४ नोभेम्बरमा न्युजिल्यान्ड पुगेको हो। यो टिम १४ दिन क्वारेन्टाइनमा रहेको छ। पाकिस्तानले १८ डिसेम्बरबाट अकल्यान्डमा ३ टी-२० र २ टेस्ट खेल्ने कार्यतालिका रहेको छ।

इंग्ल्यान्ड भ्रमणअघि १० खेलाडीमा संक्रमण

पाकिस्तानी टिमले कोरोना बाबजुत जुलाईमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण गरेको थियो। २८ जुनमा इंग्ल्यान्ड जानुअघि पाकिस्तानका १० खेलाडी संक्रमित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.