|

कञ्चनपुर : जिल्लामा अवैध रुपमा सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गर्न प्रशासनले निर्देशन दिएको छ।

गृह मन्त्रालयको आदेशअनुसार जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरी मापदण्डविपरीत चलेका त्यस्ता क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको हो।

केही दिनअघि प्रमुख जिल्ला अधिकारी रामकुमार महतो नेतृत्वको टोलीले जिल्लामा सञ्चालित क्रसर उद्योगको अनुगमन गरेको थियो। मापदण्ड मिचेर केही क्रसर सञ्चालन भइरहेको पाइएपछि वेदकोट नगरपालिकामा सञ्चालित वेदकोट निर्माण सामग्री प्रशोधन केन्द्र र  कृष्णपुर नगरपालिकाको नेचुरल गिट्टी सप्लायर्सलाई बन्द गर्न निर्देशन दिइएको हो।

आकांक्षा नेचुरल गिट्टी सप्लायर्सलाई मेसिन हटाउन र विभिन्न आयोजना लागि सञ्चालन गरिएका क्रसर उद्योगलाई सम्बन्धित पालिका र आयोजना कार्यालयबाट अनुमति र वातावरण प्रभाव मूल्याङकन प्रतिवेदन पेस गर्न भनिएको छ। 

अनुगमन क्रममा वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित अनमोल क्रसर उद्योग र वेदकोट नगरपालिका भाँसीस्थित जोशी क्रसर उद्योग मात्रै वैधानिक रुपमा सञ्चालनमा रहेको पाइएको छ।

प्रशासनले सन्तोषी थेगिम, महाकाली गौरव बिल्डर्स, सुविता एण्ड सुविस कन्ट्रक्सन, कुमार सिफआइसी जेभी, राजेन्द्र निर्माण सेवा, बाबाहंस सिद्धिकी, राजेन्द्र लुम्बिनी निर्माण सेवालाई आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ।

ती निर्माण कम्पनीले आवश्यक कागज पेस गर्न नसके  बन्द गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.