पार्टी सञ्चालनको जिम्मा पाए पनि हात बाँधेर बसेको आरोप

|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीका कामको कार्यकारी अधिकार पाएपछि पार्टी एकताको काम कति गर्नुभयो? भनेर प्रश्न गरेका छन्। कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले ल्याएको प्रतिवेदनको जवाफ फर्काउँदै प्रधानमन्त्री ओलीले कामको बारेमा प्रश्न गरेका हुन्।
 

भदौ २६ गतेको स्थायी कमिटीको निर्णयअनुसार काममा सरकार सञ्चालनसम्बन्धी जस अपजस आफूले लिने बताएका छन्। कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाउनुभएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको काममा प्रगति कति गर्नु भयो? भनेर प्रश्न गरेका छन्। 

पार्टी सञ्चालनको जिम्मा पाए पनि अध्यक्ष दाहालले हात बाँधेर बसेको उनले बताएका छन्। ‘ममाथि कार्यविभाजनमा ‘मनपरी गरेको’ र ‘एक व्यक्ति एक पद’ को भावनालाई नमानेको पनि आरोप छ। कार्यविभाजन कमिटीले गरेको हो, मैले एक्लै गरेको होइन। गर्नु संभव पनि छैन’ उनले भनेका छन्।  

ओलीको जवाफ

२०७७ भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकबाट हामी दुई अध्यक्षले गर्ने काम स्पष्ट रुपमा बाँडिएको थियो । मेरो भागमा परेको सरकार सञ्चालन सम्बन्धी सबै कामको जस÷अपजसको जिम्मा मै लिन्छु । पार्टीको नीतिगत निर्देशनको आलोकमा तपाईंसँग नियमित सल्लाह गरेरै सरकार सञ्चालन गर्दै आएको पनि छु। हाम्रा बीच अझ केही कतै कमी भएका भए खुल्ला छलफल गरौं, सच्याउँ र अघि बढौं, मैले सधैं यही भन्दै आएको छु । तर के कमरेडले आप्mनो भागमा परेको कामको लेखा जोखा कहिल्यै गर्नु भएको छ ? 

म आवेग र उत्तेजना बिना विनम्रताका साथ प्रश्न गर्छु– कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मा पाउनु भएको अध्यक्ष कमरेडले आप्mनो भागमा परेको काममा प्रगति कति गर्नु भयो ? पछिल्लो चोटी १५ दिन भित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम अहिले कहाँ पुग्यो? सचिवालय बैठकमा १० दिनभित्रका यस सम्बन्धी लिखित प्रस्ताव ल्याउँछु भन्नु भएको प्रस्ताव तयार भयो ? त्यसको रोडम्याप के कस्तो बन्यो ? मेरा कारणले हुन नसकेको भए, तपाईंले गर्नु भएको ‘गृहकार्य’मा के के मा र कहाँ मेरो अवरोध रह्यो ? 

महाधिवेशनको तयारीको लागि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न के के गृह कार्य गर्नुभयो? र, त्यसमा मसँग तपाईंले के सहयोग माग्नु भयो? या उन। मैले कहीँ बाधा अवरोध पो पु¥याएर कि? मलाई थाहा छ, हामी जहाँको तहीँ छौं। पार्टी सञ्चालनको जिम्मा पाए पनि तपाईं हात बाँधेरै बसिरहनु भएको छ । ममाथि कार्यविभाजनमा ‘मनपरी गरेको’ र ‘एक व्यक्ति एक पद’ को भावनालाई नमानेको पनि आरोप छ । कार्यविभाजन कमिटीले गरेको हो, मैले एक्लै गरेको होइन । गर्नु संभव पनि छैन । सहमतिबाट, प्रधानमन्त्रीका रुपमा गरिएका विषयमा पनि मलाई आरोपित गर्ने काम पूर्वाग्रहपूर्ण छ । 

एउटा कुरामा भने म स्पष्ट छु, पार्टी जिम्मेवारी र राजकीय जिम्मेवारी दुई अलग विषय हुन् । राजकीय जिम्मेवारीमा रहेका साथीहरुलाई पार्टी जिम्मेवारीबाट अलग गर्ने तर्क अहिले हामीले अवलम्बन गरेको बाटो, प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने मान्यता र पार्टीलाई जनताबाट अनुमोदित गराउनु पर्ने आवश्यकतासँग मेल नखाने तर्क हो । जनताबाट निर्वाचित प्रतिनिधिलाई पार्टी जिम्मेवारीबाट अलग गरेर जनतासँग प्रत्यक्ष सम्बन्ध नहुने संरचनाबाट अहिलेको आन्दोलनको नेतृत्व संभव हुने म देख्दिनँ । नेपाली कम्युनिष्ट आन्दोलनका सामु उत्पन्न यस नयाँ प्रश्नमा बिना कुनै सैद्धान्तिक आग्रह, खुला खुलस्त छलफल गरेर नयाँ सङ्गठनात्मक नीतिको विकास गर्न जरुरी छ भन्ने म ठान्दछु ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.