जिल्ला नगरतर्फ प्रधान प्यानलको वर्चस्व

|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ। मतपरिणाम अनुसार महासंघको खुल्लातर्फ कार्यकारीणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गी विजयी भएका छन्।

मकवानपुर उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै निर्वाचनमा प्रतिस्पर्धा गरेका उनले खुल्लातर्फबाट ६६ मतसहित कार्यकारिणी सदस्य पदमा जित निकालेका हुन्। सुमार्गी रेडियो थाहा संचारका संचालक पनि हुन्। 

जिल्लानगरको उपाध्यक्षमा प्रधान समूहबाट दिनेश श्रेष्ठ र ढकाल समूहबाट गुणनीधि तिवारी उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। जसमा प्रधान समूहका श्रेष्ठले बाजी मारेका छन्। 

जिल्ला नगरबाट सदस्यमा निवार्चित हुनेमा राजन श्रेष्ठ ७९, तारानाथ घिमिरे ७२, शोभकान्त पौडेल ७०, कमल श्रेष्ठ ६९, गजेन्द्र भगत ६८, चक्र बहादुर अधिकारी ६७, अरुण सुमार्गी ६६, देव कुमार श्रेष्ठ ६५, रामेश्वर मानन्धर ६३, कमन बहादुर खड्का ६२ सुरकृष्ण वैद्य ६१, कुबिर कुमार श्रुष्ठ ५८, डिबी बस्नेत ५८, उमेश डालमिया ५३, किशोर कुमार आचार्य ५२, महेन्द्र कुमार श्रेष्ठ ५४, अमृत भट्टचन ५१ मत र गोपाल कौडिया ५५ पाएर निर्चाचित भएका छन्। जिल्ला नगरमा कुल १०५ मत खसेको थियो।

जिल्ला नगरतर्फको निर्वाचनमा किशोरकुमार प्रधान प्यानलका १२ जना विजयी भएका छन्। उता चन्द्र ढकालका प्यानलका ६ जनाले जित पक्का गरेका छन्। जम्मा १८ वटा पदमा भएको जिल्ला नगरतर्फको निर्वाचनमा प्रधान प्यानलको वर्चस्व देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.