|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठले जित निकालेका छन्। 

१०१ मत खसेकोमा विजयी भएका श्रेष्ठले ६२ मत ल्याए । उनका प्रतिद्वन्द्वी वरिष्ठ चन्द्रप्रसाद ढकालको प्यानलका उमेशलाल श्रेष्ठले ३७ मत ल्याएका छन्।

वस्तुगतर्फ दुवै प्यानलका ७/७ जना विजयी

वस्तुगततर्फ कार्यकारिणी समिति सदस्यमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल र प्रधान दुवै प्यानलका सात सात जना विजयी भएका छन्। मत परिणाम अनुसार  संस्थापक केन्द्रीय सदस्यमा ढकाल प्यानलबाट दामु अधिकारीले जित निकाले।

प्रधानको प्यानलबाट अरनिको राजभण्डारी,  मिनमान श्रेष्ठ, सकुन्तलाल हिराचन, मनिसलाल प्रधान, सन्दीपकुमार अग्रवाल, विष्णु प्रसाद गैरे, गोविन्द लुइँटेलले जित निकालेका छन्। 

ढकालको प्यानलबाट भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की,​ नरेशलाल श्रेष्ठ, सुवोधकुमार, गुप्तासुमित केडिया, हेमराज ढकाल र आकाशले जित दर्ता गराए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.