काठमाडौं : उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट जिल्लानगर उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहका दिनेश श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठले चन्द्र ढकाल समुहका गुणनिधि तिवारीलाई पराजित गर्दै जिल्ला नगरतर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन्। कुल १०५ मत खसेकोमा विजयी भएका दिनेश श्रेष्ठले श्रेष्ठले ५८ मत ल्याए भने पराजित गुणनीधि तिवारीले ४७ मत पाए।
श्रेष्ठ यसअघि पनि महासंघमा वस्तुगतबाट उपाध्यक्ष भइसकेका हुन्। उनी संघका काठमाडौंका अध्यक्ष समेत हुन्। उनले महासंघमा उद्योग समिति, भन्सार तथा अन्तशुल्क समितिमा सभापति भएर काम गरेका छन्।
जिल्लानगरको सदस्यको नतिजा अनुसार प्रधान समूहबाट १२ जना विजयी भएका छन्। उता ढकाल समूहबाट ६ जनाले जित निकालेका छन्। महासंघको कार्य समितिमा वस्तुगत समूहबाट किशोर र चन्द्र समूहका ७/७ जना विजयी भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।