|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको परिणाम धमाधम आइरहेको छ। यस्तोमा वरिष्ठ उपाध्यका उम्मेदवरा किशोर प्रधान समूहले आफ्नो बलियो पकड बनाएको छ।

जिल्ला नगरतर्फबाट महासंघको केन्द्रीय समितिमा १८ सदस्य निवार्चित भएका छन्। प्रधान समूहबाट १२ जना र वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समूहबाट ६ जना निर्वाचित भएका छन्। 

जिल्लानगरको उपाध्यक्षमा प्रधान समुहबाट दिनेश श्रेष्ठ र ढकाल समूहबाट गुणनीधि तिवारी उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। जसमा प्रधान समूहका श्रेष्ठले बाजी मारेका छन्। 

निवार्चित हुनेमा राजन श्रेष्ठ ७९, तारानाथ घिमिरे ७२, शोभकान्त पौडेल ७०, कमल श्रेष्ठ ६९, गजेन्द्र भगत ६८, चक्र बहादुर अधिकारी ६७, अरुण सुमार्गी ६६, देव कुमार श्रेष्ठ ६५, रामेश्वर मानन्धर ६३, कमन बहादुर खड्का ६२ सुरकृष्ण वैद्य ६१, कुबिर कुमार श्रुष्ठ ५८, डिबी बस्नेत ५८, उमेश डालमिया ५३, किशोर कुमार आचार्य ५२, महेन्द्र कुमार श्रेष्ठ ५४, अमृत भट्टचन ५१ मत र गोपाल कौडिया ५५ पाएर निर्चाचित भएका छन्। जिल्ला नगरमा कुल १०५ मत खसेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.