|

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले  मनोज कटवाललाई  सहायक प्रशिक्षकमा नियुक्त गरेको छ। 

उनलाई आइतबार सहायक प्रशिक्षकमा नियुक्त गरेको गरेको क्यानले जनाएको छ।  नेपाली टिमले जगत टमटाको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो। यस्तै क्यानले कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल बन्द प्रशिक्षणमा सामेल भएको समेत जनाएको छ।

बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो। जसको कारण उनीहरु टिममा सामेल भएका थिएनन्। 

क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.