|

काठमाडौं : काठमाडौं उपत्यकामा ५ सय ४८ जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौंमा ४ सय ४२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्। तीनै जिल्ला गरेर  २ सय ४४ महिला र ३ सय ४ पुरुषमा कोरोना पुष्टि भएको हो।

काठमाडौंमा मात्रै ७ हजार ६ सय ३३ सक्रिय संक्रमित छन्। ३ सय ६२ संक्रमितको मृत्यु, ७९  हजार २ सय ८३ कोरोना संक्रमणमुक्त भएका र कुल संक्रमित ८७  हजार २ सय ७८ छन्।

भक्तपुरमा सक्रिय संक्रमित ६ सय ४८ छन्। ७ हजार १ सय ५२ कोरोना संक्रमणमुक्त, ९० संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ८ सय ९० छन्।

त्यसैगरी ललितपुरमा १ हजार ५ सय १८ सक्रिय संक्रमित छन्। ११ हजार ५ सय २१ कोरोना जितेर डिस्चार्ज, १ सय १० जनाको मृत्यु र १३ हजार १ सय ४९ जना कुल संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.