|

स्याङ्जा : १६ वर्षीय युवतीलाई बिहे गर्छु भनी प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

गोरखा जिल्ला पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दल बहादुर थापालाई प्रहरीले समातेको हो। 

शनिबार राति करिब ११ बजे थापाले युवतीसँग विवाह गर्ने प्रलोभन देखाएर करणी गरेको निवेदन प्रहरीमा दर्ता भएको थियो। उक्त निवेदनका आधारमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

थापालाई पक्राउ गरी करणीसम्बन्धी कसुर 'जबरजस्ती करणी' मुद्दा दर्ता गरी थप अनुसन्धान बढाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.