|

काठमाडाैं :  घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले ओसासुनामाथि सहज जित निकालेको छ। यसअघिका पाँच खेलमा एक मात्र जित निकाेलेको बार्सिलोना यो खेलसँगै लयमा फर्किएको छ। 

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले खेलको २९ औं मिनेटमा पहिलो गोल गरे। त्यस्तै एन्टोनियो ग्रिजम्यानले ४२ औं मिनेटमा गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए। 

एकपक्षीय खेलमा बार्सिलोनाले लगातार ओसासुनाको पोस्टमा प्रहार गरेको थियो। ५७ औं मिनेटमा ब्राजिलियन मिडफिल्डर फिलिपे काउटिन्होले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज अवस्थामा ल्याए। 

सब्सिच्युट रुपमा मैदान छिरेका डेम्बलेले गरेको गोलले भने भिआर मान्यता पाएन। उनी अफसाइट पोजिसनमा थिए। बार्सिलोनाका लागि अन्तित तथा चाैथो गोल कप्तान मेसीले गरे। खेलको ७३ औं मिनेटमा उनले गरेको लामो प्रहार गोलमा परिणत भएको थियो 

यो खेलसँगै बार्सिलोना ला लिगाको साताैं स्थानमा उक्लिएको छ। ९ खेलमा ३ जित र २ हार बेहोरेको बार्सिलोनाको १४ अंक भएको छ। ओसासुनाले भने १० खेलबाट ११ अंक बनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.