|

काठमाडौं : नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते भएका छन्।  उनी आफ्नै कुकुरसँग खेल्दा घाइते भएका हुन्। 

आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्रयाक्चर’ भएको केही हप्तासम्म ‘वाकिङ बुट’ आवश्यक पर्ने बताइएको छ। शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएका थिए।

‘प्रारम्भिक एक्सरेमा फ्रयाक्चर' नदेखिएपनि विस्तृत क्लिनिकल परीक्षणमा हेयरलाइन फ्रयाक्चर देखिएको थियो,’ डा केभिन ओ’कोनरले आइतबार भने। यसअघि बाइडेनको अफिसले कुकुरसँग खेल्दा कुर्कुचा मर्किएपछि डाक्टरसँग जाँच गराउने बताएको थियो।

आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बाइडेनको स्वास्थ्यलाभको कामना गरेका छन्। गत नोभेम्बर २० मा आफ्नो ७८ औँ जन्म दिन मनाएका बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बृद्ध राष्ट्रपति बन्न लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.