|

काठमाडौं : बेलायतमा अस्पतालमा महिलाहरूको योनिको झिल्ली दुरुस्त छ कि छैन भनेर हेर्न​ 'कुमारीत्व परीक्षण'  सेवा उपलब्ध गराइने गरेको खुलेकाे छ। 

बिबिसीले उक्त कुरा पत्ता लगाएको छ। जसअनुसार बेलायतका क्लिनिकले कुमारीत्वको परीक्षण गर्ने र त्यसको उपचार पनि गर्ने गरेका छन्। 

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ तथा संयुक्त राष्ट्रसङ्घले व्यक्तिको निजत्व हनन हुने यस्ता परीक्षणलाई मानवअधिकारको उल्लङ्घन भन्दै प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।

यस्ता परीक्षण अवैज्ञानिक भएको र यसबाट कोही कुमारी हो कि होइन भन्ने प्रमाणित गर्न नसकिने बताइएकाे छ। यस्तो परीक्षण शोषणको हतियारसमेत बन्न सक्ने आलोचकहरू बताउँछन्।  

यस्तो परीक्षणमा महिलाको परीक्षण गरेर योनिको झिल्ली दुरुस्त छ कि छैन भनेर हेरिन्छ। बिबिसीले गरेको अनुसन्धानमा कतिपय निजी क्लिनिकहरूले ‘कुमारीत्व मर्मत’ गर्ने विज्ञापन समेत गरेका छन्। तिनलाई सम्पर्क गर्दा १५० देखि ३०० पाउण्डमा यस्ता ‘सेवा’ उपलब्ध हुने बताए।

गत वर्ष अमेरिकी र्‍याप गायक टिआईले आफ्नी छोरीलाई हरेक वर्ष कुमारी भए/नभएको परीक्षण गराउने गरेको बताएपछि तीव्र आक्रोश उत्पन्न भएको थियो

बिबिसीले २१ वटा क्लिनिकहरूको पहिचान गरेर १६ वटासँग सम्पर्क गरेको थियो। तीमध्ये सात वटाले उनीहरूले ‘कुमारीत्व परीक्षण’ गर्ने गरेको पुष्टि गरे भने अरूले प्रस्ट कुरा गरेनन्। सबैले झिल्ली मर्मत गर्न शल्यक्रिया गर्ने बताए। जसको शुल्क १,५०० देखि ३,००० पाउण्डसम्म पर्ने बताइयो।

राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस इङ्ग्ल्याण्डको आँकडाअनुसार गत पाँच वर्षमा  योनिको झिल्ली मर्मत गर्ने त्यस्ता ६९ शल्यक्रिया भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.