|

काठमाडौं : काष्ठमण्डप पुनर्निर्माणको अन्तिम तलाको २० वटा थाम जडान गर्ने कार्य सकिएको छ। अन्तिम तलाको थाम जडान गर्ने काम सम्पन्न भइसकेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ।

समितिका अध्यक्ष राजेश शाक्यले आगामी वर्ष गोरखा भूकम्पका दिन उद्घाटन गर्नेगरी काम भइरहेको जानकारी दिए। उनका अनुसार नियमित रूपमा करिब ३५ जनाले काष्ठमण्डप पुनर्निर्माणमा काम गरिरहेका छन्।

२०७२ वैशाख १२ मा आएको भूकम्पले काष्ठमण्डपमाथि क्षति पुगेको थियो। २०७५ कात्तिक १ गतेदेखि औपचारिक रूपमा पुनर्निर्माणको सुरुवात भएको थियो। 
पुरातत्व विभागले १९ करोड ८८ लाख रुपैयाँ लागत लाग्ने स्टिमेट गरेको छ। 

काष्ठमण्डप एउटै सालको रूखबाट बनेको किंवदन्ती छ। एक जात्राका समयमा बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि उनले सालको काठ दिएको, राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको इतिहास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.