|

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा प्रदेशस्तरीय सरुवा रोग अस्पतालको डोटीमा शिलान्यास गरेका छन्। डोटीबाट निर्वाचित मुख्यमन्त्री भट्टले भवन शिलान्यास गर्दै आफ्नो एकलौटी पहलमा अस्पताल बनेको दाबी गरे। 

‘हस्पिटल निर्माणका लागि २०६३ मा चर्चा चले पनि यो बीचका यहाँका जनप्रतिनिधिले पहल गरेनन्, पहुँचमा यहाँका नेता नभएका होइनन्’ उनले भने, ‘पछिल्लो समय म काठमाण्डौं गएर डोटीमा राजधानी पनि हुन सकेन यो हस्पिटल त्यतै हुनुपर्छ भनेर हस्पिटल ल्याएँ र आज शिलान्यास गरेँ।’

उनले चाँडै अस्पताल निर्माण हुने कुरामा ढुक्क हुन आग्रह गरे। संघीय सरकारको निर्णयअनुसार आज दिपायल सिलगढी नगरपालिका–५ मा मुख्यमन्त्री भट्टले सरुवा रोगसम्बन्धी ५० शैय्‍याको अस्पतालको शिलान्यास गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.