|

काठमाडौं : आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

यस वर्ष नेपालमा ‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारासाथ मनाइदै छ। ​ एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउने गरिएको हो। 

पछिल्लो समय नेपालमा एचआईभीरएड्सबाट संक्रमित हुनेहरूको संख्या घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एचआइभीको नयाँ संक्रमणलाई ८० प्रतिशतले र एड्सबाट हुने मृत्युलाई २२ प्रतिशतले कमी आएको छ। 

एचआईभी–एड्स संक्रमित व्यक्तिलाई साथ दिन र मृत्यु भएकाको सम्झना गर्दै यो दिवस मनाउन शुरु भएको ३२ वर्ष पुगिसकेको छ । एडसको ठोस उपचार नभए पनि संक्रमितले शरीरको प्रतिरक्षा प्रणाली मजवुत बनाउने विभिन्न खालका औषधि सेवन गरेर सहज रुपमा जीवनयापन गरिरहेका छन्। नेपाल सरकार २०३० सम्ममा एड्स
अन्त्य गर्ने लक्ष्यमा छ।

सुईद्वारा लागु पदार्थको प्रयोग र असुरक्षित यौन सम्पर्कबाट एचआईभी संक्रमण हुने गरेको छ। समलिङ्गी र यौनकर्मीमा संक्रमण बढी छ।  नेपालमा सन् २०१० को तुलनामा एचआईभी संक्रमण ६४ प्रतिशतले घटेको छ। त्यस्तै बालबालिकामा नयाँ संक्रमणको दर ८५ प्रतिशतले घटेको छ। पछिल्लो तथ्याकं अनुसार एचआइभीका कारणले मृत्यु हुनेको संख्या पनि घटेको छ।

सरकारको तथ्यांङ्क अनुसार नेपालमा हाल २९ हजार ५ सय ३ जना एचआइभी संक्रमित छन्। ती मध्ये १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिला छन्।

उनीहरुलाई ८० वटा एआरटी केन्द्र र २० वटा एआरभी केन्द्रबाट निस्शुल्क औषधी वितरण भइरहेको छ। कोरोनासँगै भएको लकडाउनका कारण नियमित औषधी सेवन गरिरहेका र अस्पताल आउनुपर्ने संक्रमितलाई भने समस्या परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.