|

काठमाडौं : प्रदेश एकका बिभिन्न स्थानहरुमा सोमवार भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। 

सोमबार बिहान सबा ८ बजे मोरङको ग्रामथान गाउँपालिका–१ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई  दुर्घटना हुँदा सोही ट्याक्टरका सह–चालक बुढिगंगा गाउपालिका–१ का ४० वर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको छ। 

यसैगरी मोरङकै विराटनगर महानगरपालिका–९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेकी बिराटनगर–१५ की ६० वर्षीया मनकामना झा घाइते भएकी थिइन। घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा  साँझ ५ बजे मृत्यु भएको थियो।

यस्तै झापाको दमक नगरपालिका–४ तारावारीमा सोमवार दिउसो सवा १ बजे  मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ वर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिंदा बालक घाइते भएका थिए। घाइते भएका बालकलाई उपचारको लागि अरनिको अस्पताल  साँढे १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यसैगरी इलामको फाकफोकथुम गाउँपालिका–५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। 

सोमवार बेलुका साँढे ५ बजेको समयमा पाँचथरको रवीबाट तरकारी बोकेर इलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रित भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका–९ का ४० बर्षीय दिनेश लिम्बु र इलाम नगरपालिका–११ का ३० वर्षीय नबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.