|

डडेल्धुरा : स्थानीय तहको निर्वाचनमा डडेल्धुरा एक निर्वाचित वडाध्यक्षले राजीनामा दिएका छन्।

आलिताल गाउँपालिका–१ का वडाध्यक्ष पूर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

बैठकमा वडाध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए। उनले अहिले आफू बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको बताए।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष ऐरले सहकर्मीहरुले असहयोग गर्दै आएका कारण आजित भएर राजीनामा दिएको प्रतिक्रिया दिए। वडामा निर्वाचित भएदेखि नै आफूलाई असहयोग हुँदै आएको उनको भनाइ छ।

‘प्रमुख प्रतिपक्ष दल कांग्रेसबाट निर्वाचित साथीहरुले मेरा राम्रा कामलाई बेवास्ता गर्ने, सधैं खेदो खन्ने काम गरेका कारण राजीनामा दिन विवश भएको हुँ’, उनले भने। 

आफूलाई काम गर्ने सहज वातावरण नभएकाले राजीनामा दिनुपरेको उनले बताए। उनको राजीनामा स्वीकृत हुन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.