काठमाडौं : केही दिनदेखि ओरालो लागेको सुनचाँदीको मूल्य हिजोदेखि बढ्न थालेको छ।
हिजो प्रतितोला ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला ५ सय रुपैयाँनै बढेको छ। हिजो प्रतितोला ३५ रुपैयाँ बढेको चाँदीको मूल्य आज पनि प्रतितोला ३० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय ५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८५ रुपियाँ निर्धारण गरिएको छ।
केही दिनदेखि अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य ओरालो लागे पनि हिजोदेखि उकालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।