काठमाडौं : नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकृत निलम्बनमा परेका छन्।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर)मेघराज प्रसाद चौरसियालाई निलम्बन गरिएको छ।
आफूलाई सुम्पिएको जिम्मेवारीरदायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले निजहरु उपर थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को (४) बमोजिम मंसिर सचिवस्तर को निर्णय अनुसार बढीमा ६ महीनाको लागि निलम्बन गरिएको गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाले जनाएको छ।
निलम्बन गरेर छानविन थालिएको पनि जानकारी नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले दिए। उनले भने ‘छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।