|

भारतमा केन्द्र सरकारले ल्याएको  कृषि विधेयकमाथि  किसान आक्रोशित छन्। सरकारविरुद्ध किसान आन्दोलनका कारण रेल सेवा अवरुद्ध भएको छ।​ धेरै  पञ्जाबको अमृतसर पुग्ने रेल सेवा प्रभावित हुने भएको हो।  

उत्तरी रेल नम्बर ०९६१३ रेल  २ डिसेम्बरमा अजमेर-अमृतसर एक्सप्रेस स्पेशल रेल सेवा खुला गरिने निर्णय विपरित किसान आन्दोलनको कारण रद्ध गरिएको छ। यसका साथै ०९६१२   अजमेर-अमृतसर एक्सप्रेस स्पेशल रेल ३ डिसेम्बर खुल्ने भनिएपनि रद्द  गरिएको छ।  

यस्तै, ०५२११  डिब्रूगढ-अमृतसर एक्सप्रेस रेल पनि बन्द गरिएको छ।  त्यही समयमा  रेल नम्बर ०५२१२  अमृतसर- डिब्रूगढ स्पेशल रेल सेवा पनि रद्द भएको भारतिय संचार माध्यमले जनाएका छन्।

यस्तै केही  रेल मार्गको रुट परिवर्तन गरिएको छ।  रेल नम्बर ०२९२५ बांद्रा टर्मिनस-अमृतसर विशेष ट्रेन चंडीगढका लागि छोट्याउने निर्णय गरिएको छ। २ डिसेम्बरमा चंडीगढ़-अमृतसरको सेवा रद्द हुनेछ। उही समयमा  ०४९९८/०४९९७ भटिंडा- वाराणसी-भटिंडा एक्सप्रेस विशेष ट्रेन अर्को आदेश नआएसम्म रद्द रहनेछ।

जबकि रेल नम्बर ०२७१५  नांदेड-अमृतसर एक्सप्रेस रेल डिसेम्बर २ मा नयाँ दिल्लीमा आउने छ। समाचार एजेन्सी एएनआईका अनुसार रेल नम्बर  ०४६५०-७४  अमृतसर- जयनगर एक्सप्रेसको अमृतसर-तरन तरन-ब्यास हुँदै मोडिने बताइएको छ।

आन्दोलनरन किसानका प्रतिनिधि र केन्द्र सरकारबीच पहिलो चरणको वार्ता भएको थियो।  नयाँ दिल्लीमा भएको वार्तामा ३० भन्दा बढी किसान समूहका प्रतिनिधि तथा केन्द्रीय कृषिमन्त्री नरेन्द्र सिंह तोमर, रेलमन्त्री पियूस गोएल लगायतको सहभागिता थियो। 

करीब ३ घण्टा लामो बैठकपछि कृषिमन्त्री तोमरले पहिलो चरणको वार्ता सकारात्मक भएको जानकारी दिंदै बिहीबार थप छलफल हुने बताए।

भारत सरकारले आन्दोलन स्थगित गर्न आग्रह गरेपनि किसानहरुले माग सम्बोधन नभएसम्म जारी राख्ने अडान लिएका छन्।  बैठकपछि अल इण्डिया किसान फेडेरेशनका अध्यक्ष प्रेम सिंह भङ्गूले सरकारका प्रतिनिधिले तीन वटै कानूनमा कमजोरी रहेको स्वीकार्दै सच्याउने वा नयाँ कानून ल्याउने आश्वासन दिएको बताए। 

भङ्गूका अनुसार, बिहीबार बस्ने बैठकमा हालै पारित भएका तीन वटै कानूनका दफामा छलफल हुनेछ। किसानहरुले वार्ता निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी राख्ने बताएका छन्। दिल्ली केन्द्रित आन्दोलनमा रहेका हजारौं किसानले हिजो पनि नोएडासँगको सीमा क्षेत्रमा प्रदर्शन गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.