|

भारतीय गायक आदित्य नारायणले मंगलबार विवाह गरेका छन्।  उनले आफ्नी प्रेमिमका श्वेता अग्रवालसँग विवाह गरेका हुन्। मुम्बईको जुहुको इस्कान मन्दिरमा विवाह भएको हो। अहिले दुबै विवाहको फोटोहरू सोशल मिडियामा भाइरल भइरहेको छ।

श्वेता र आदित्यको सम्बन्ध 'सापित' फिल्मको बखत जोडिएको थियो। उनीहरू दुवै १० वर्षदेखि सम्बन्धमा थिए। श्वेताले धेरै चलचित्र र टिभी सिरियलमा काम गरिसकेकी छन्।

उनले 'शगुन', 'देख मगर प्यार से', र 'बेबिलोनको दुआ लिटी जा'मा काम गरिसकेकी छन्। ​ रमाइलो कुरा के छ भने आदित्य सापितका लागि सुटिङ गर्दा श्वेतालाई लञ्च प्रस्ताव गरेका थिए। स्वेताले उक्त प्रस्ताव अस्वीकार गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.