|

काठमाडौं : वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम ई सेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरुवात भएको छ। योसँगै वैदेशिक रोजगारमा जाँदा ई-सेवा खाता भएका व्यक्तिले सिधै ई-सेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका ई-सेवा जोन पोइन्टबाट सहजै बिमा रकम भुक्तानी गर्न सक्नेछन्।

सन् नेपाल लाइफ इन्स्योरेन्स्ले जारी गर्ने वैदेशीक रोजगार म्यादी बिमाको ई-सेवामार्फत भुक्तानी गर्न सकिन्छ। यस्तै, कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ। आफैँले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्विकृति लिने प्रक्रियामा भएका व्यक्तिले ई-सेवाबाट व्यक्तिगत रूपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ।

यसैगरी, पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाईन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ।

यस्तै, म्यानपावर मार्फत वैदेशिक रोजनकारमा पठाउने मेनपावर कम्पनीले पनि एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ। जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएको लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिनेछ। 

इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशीक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ। यसअघि कल्याणकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहि आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.