डडेल्धुरा : नेपाली कांग्रेसका सभापति तथा पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा राजसंस्था पुनर्स्थापनाको माग राख्दै प्रदर्शन गरिएको छ।
बुधबार राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाजले ‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको हो।
उनीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, हिन्दु राष्ट्र नेपाल जिन्दावाद, ‘गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दावाद’, ‘गाउँगाउँ हल्ला छ राजा ल्याउने सल्लाह छ’लगायतका नारा लगाएका थिए।
प्रदर्शनको क्रममा बागबजार बसपार्कबाट निकालिएको मोटरसाइकल र्यालीले अमरगढी नगरका विभिन्न स्थानको परिक्रमा गरी भीमदत्त चोकमा कोषसभामा परिणत भएको थियो। कोणसभामा राजसंस्था पक्षधर नेताहरुले देशका लागि राजसंस्थाको पुनस्र्थापना अपरिहार्य भएको बताएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।