पोन्टिङसँग बराबरी गर्नबाट चुके

|

कोहलीले विश्व क्रिकेटमा एकपछि अर्को रेकर्ड आफ्नो नाममा पार्ने क्रम जारी राखेका छन्। सर्वाधिक चाँडो १२ हजार रन बनाउँदै उनले सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । कोहलीले केवल २५१ खेलको २४२ इनिङमा नै १२ हजार रनको कोसेढुङ्गा पूरा गरे।

तोडे सचिनको रेकर्ड

अस्ट्रेलियाविरुद्धको सिरिज गुमाए पनि भारतीय कप्तान विराट कोहलीका लागि भने बुधबारको अन्तिम एकदिवसीय खेल अविष्मरणीय रह्यो। कोहलीले खेलमा २३ रन जोडेसँगै सर्वाधिक चाँडो १२ हजार रन बनाउने कीर्तिमान आफ्नो नाममा बनाए।

यसअघि यो रेकर्ड सचिन तेन्दुलकरको नाममा रहेको थियो। कोहलीले बुधबार ७८ बलमा ५ चौकासहित ६३ रनको अर्धसतकीय इनिङ खेलेका थिए।

सचिनले १२ हजार रनको आँकडा ३०९ खेलमा पूरा गरेका थिए। जहाँ कोहलीले भने सचिनभन्दा ५८ खेल अगाडि नै उक्त रेकर्ड आफ्नो नाममा बनाए।

यसअघि कोहलीले सर्वाधिक चाँडो १० हजार रनको कीर्तीमान पनि आफ्नो नाममा बनाएका थिए। कोहलीले अहिलेसम्म कूल २५१ एकदिवसीयमा करिब ६० को औसतमा १२ हजार ०४० रन बनाएका छन्।

पोन्टिङसँग बराबरीबाट चुके

कोहलीले ६३ रन बनाएर आउट हुँदा अस्ट्रेलियाका खेलाडी रिकी पोन्टीङको कीर्तिमान बराबरी गर्नबाट भने चुके। कोहलीले यो खेलमा यदि शतकीय इनिङ खेलेको भए। उनी अस्ट्रेलियन खेलाडी पोन्टीङको ७१ सेन्चुरी बराबरी गर्ने थिए। सर्वाधिक धेरै अन्तराष्ट्रिय शतकको रेकर्ड पनि सचिनको नाममा रहेको छ।

सचिनको अर्को रेकर्ड बराबरीको प्रतीक्षा लम्बियो

यदि कोहलीले यो खेलमा शतक प्रहार गरेको भए एकदिवसीय खेलमा अस्ट्रेलियाविरुद्ध सर्वाधिक सेन्चुरी लगाउने सचिन तेन्दुलकरको रेकर्ड पनि बराबरी गर्ने थिए। तर उनी असफल भएसँगै कोहलीको प्रतीक्षा लम्बियो।

सचिनले अस्ट्रेलियाविरुद्ध ९ सेन्चुरी प्रहार गरेका छन्। जुन अस्ट्रेलिया विरुद्ध सर्वाधिक शतक हान्ने खेलाडीको रेकर्ड हो।

जबकी कोहली र रोहित शर्माको समान ८-८ सेन्चुरी छ। यो लिस्टको चौथो नम्बरमा वेस्टइन्डिजका पूर्व क्रिकेटर डेसमन्ड हेन्सको नाममा रहेको छ। उनले ६ सेन्चुरी प्रहार गरेका छन्।

१२ हजार क्लबका छैटौं खेलाडी

यसअघि कोहलीको नाममा एकदिवसीयमा सर्वाधिक चाँडो ८ हजार, ९ हजार, १० हजार, ११ हजार रन बनाएको रेकर्ड रहेको छ।

एकदिवसीयमा सर्वाधिक रन सचिन तेन्दुलकरको नाममा रहेको छ। जहाँ १२ हजार रन पुरा गर्ने विश्वका छैटौं तथा दोस्रो भारतीय खेलाडीसमेत बनेका छन् कोहली।

१२ हजार रन पुरा गर्ने खेलाडीमा सचिन तेन्दुलकर, भारत (४५२ इनिङ-१८४२६ रन), कुमार संगकारा, श्रीलंका (३८०-१४२३४), रिकी पोन्टीङ, अस्ट्रेलिया (३६५-१३७०४), सनथ जयसुर्या, श्रीलंका (४३३-१३४३०), महेला जयवर्धने, श्रीलंका (४१८-१२६५०) विराट कोहली, भारत (२४२-१२०४०)  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.