|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको नयाँ पाटीमा एक महिला उनकी एक महिनाकी छोरीसहित आज बिहान मृत अवस्थामा भेटिएकी छन्। गोकर्णेश्वर नगरपालिका वडा–२ नयाँ पाटीमा बस्दै आएकी २७ वर्षकी पेम्बी शेर्पा एक महिनाकी छोरीसहित मृत फेला परेकी महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

सिन्धुपाल्चोक स्थायी ठेगाना भएर बौद्धमा डेरा बस्दै आएका पेम्बीका श्रीमान अचेत अवस्थामा भेटिएका छन्। उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरूले बस्दै आएको घरमा किराना पसल सञ्चालन गर्दै आएका थिए।

बिहान घरबेटीले सामान लिन जाँदा अबेरसम्म नउठेपछि बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी आएर कोठाको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुबा छट्पटाइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरूको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.