|

काठमाडौं : मेडिकल र इन्जिनियरिङ विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेन्टर्स अनलाइन एजुकेसनले डिजिटल इन्ट्रान्स तयारी कक्षा सञ्चालनमा ल्याएको छ। नेपालमै विकास गरिएको इ–लर्निङ प्रणालीमार्फत विद्यार्थीले घरमै बसेर लाभ लिन सक्नेछन्।

‘कोरोना भाइरसका कारण सबैभन्दा प्रभावितमध्येको क्षेत्र शैक्षिक क्षेत्र पनि हो’‚ मेन्टर्स एजुकेसनका अध्यक्ष माधव पोखरेलले भने‚ ‘महामारीको प्रभाव कति लामो समयसम्म रहन्छ भन्ने यकिन नभएकाले प्रवेश परीक्षाको तयारी सहज पार्न अनौपचारिक शिक्षाको डिजिटलाइजेनमा जोड दिएका हौं।’

अनलाइन अध्ययनलाई प्रभावकारी बनाउन रेकर्डेड श्रव्यदृष्य सामग्री‚ यथेष्ट अभ्यास सामग्री‚ पुनरावलोकन सामग्री लगायतको विकास गरिएको पोखरेलले बताए। आ–आफ्तो विधामा ख्याति कमाएका शिक्षकहरूको सहभागितामा सञ्चालन हुने कक्षाहरू भौतिक सिकाइजस्तै प्रभावकारी हुने उनको दाबी छ।

‘कक्षाहरू प्रभावकारी हुनेछन् नै‚ साथै विद्यार्थी र अभिभावकलाई पढाइका लागि काठ्माडौं आइराख्नुपर्ने समस्या पनि हुनेछैन’‚ पोखरेलले भने।

मेन्टर्स एजुकेसनको डिजिटल कोर्सको तयारीमा नाम चलेका प्राध्यापक तथा शिक्षकहरूको संलग्नता रहेको सञ्चालक माधव रोस्याराले जानकारी दिए। डिजिटल पाठ्यक्रम विकासमा संलग्न प्राध्यापक डाक्टर विनोद पराजुलीले घरै बसेर प्रवेश परीक्षाको तयारी गर्नका लागि उत्कृष्ट विकल्प तयार भएको बताए। ‘समय र लगानीको बचत हुनुका साथै सिकाइका लागि यो राम्रो माध्यमका रुपमा विकास भएको छ’‚ उनले भने।

भारतसहितका देशमा अनलाइन शिक्षा प्रभावकारी बन्दै गएको  छ। कोभिड–१९ को महामारीले अनलाइन शिक्षा प्रणालीलाई अपरिहार्यजस्तै बनाइदिएको सन्दर्भमा नेपालमा पनि यसतर्फ विद्यार्थीको आकर्षण बढ्ने अपेक्षा गरिएको अध्यक्ष पोखरेलले बताए।

इच्छुक विद्यार्थीले मेन्टर्स अनलाइनको वेवसाइट mentors.com.np  मार्फत विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.