|

दाङ : राप्ती गाउँपालिका–१ पाखापानीमा घरमा कोही नभएको मौकामा एक घरमा चोरी भएको छ। बिहीबार दिउँसो करिब पौने ४ बजे पाखापानी निवासी मुन खड्काको घरमा चोरी भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

खड्काको घरको सुत्ने कोठामा भएको  स्टिल दराजभित्र राखिएका डेढ तोला सुनको सिक्री, २ वटा आधा तोलाका सुनको टप, २ वटा आधा/आधा तोलका सुनका औंठी, २ तोला चाँदीको बाला २ वटा र १ वटा आधा तोला सुनको मंगलसुत्र चोरी भएको प्रहरीले जनाएको छ।

चोरी गर्नेहरु फरार भएका र खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

त्यसैगरी  कपिलवस्तुमा आँखामा खुर्सानीको धुलो हाली कानमा लगाएका सुनको गहना लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु महाराजगन्ज नगरपालिका–३ निवासी २८ वर्षीय  रामवृक्ष खटिक रहेका प्रवक्ता बैदवारले जानकारी दिए।

उनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा फेला पारी शंकाका आधारमा सोधपुछ गर्दा उनको साथबाट एक जोर सुन टप (झुम्का) समेत फेला परेपछि उनलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाबारे इलाका प्रहरी महाराजगन्ज कपिलवस्तुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महाराजगन्ज नगरपालिका–३ चौहट्टी बस्ने करिब ५० वर्षीया  सारजहा मनिहार घरदेखि दक्षिण पश्चिम  करिब ५०० मिटर टाढा अरहर खेतमा शौचालय गरिरहेको अवस्थामा बुधबार बिहान करिब ८ बजेतिर आखाँमा खुर्सानीको धुलो हाली कानमा लगाएको एक जोर सुनको टप लुटेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.