|

सल्यान : बहुविवाह गरेको आरोपमा सल्यानका एक वडाध्यक्ष प्रक्राउ परेका छन्। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र बहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

वडाध्यक्षसँगै तेस्रो बिहे गरेकी उनकी श्रीमती भनिएकी ग्वाँमी विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। 

घरमा २ श्रीमती र दुवै श्रीमतीका गरी ४ छोराछोरी हुँदाहुँदै तेस्रो बिहे गरेका भनी स्थानीय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह कसुरमा उजुरी दिएका थिए। ती वडाध्यक्ष कुमाईले भाइटीकाका दिन उनै विष्टलाई भगाएका थिए।

उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट प्रक्राउ पुर्जी लिई आरोपित दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी  प्रहरी निरीक्षक लक्ष्मण ओलीले  बताए।

प्रक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान भइरहेको ओलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.