|

काठमाडौं :  राष्ट्रिय नागरिक आन्दोलनका नाममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न समूहले आज शनिबार काठमाडौंसहित देशभर प्रदर्शन गरेको छ। 

 राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित दिउँसो काठमाडौंको माइतीघर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन भएको हो। सम्भावित झडपलाई मध्यनजर गरी बाक्लो मात्रामा सुरक्षाकर्मीसमेत परिचालन भएका छन्।

झापामा आयोजना हुने कार्यक्रमलाई राप्रपा सांसद राजेन्द्र लिङदेनले सम्बोधन गर्दै छन्। राप्रपा र राज संस्थाको पुनर्स्थापना गर्ने समूहले राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.