|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम गरिरहेको छ।

०७६ फागुनमा कार्यक्रमको प्रधामन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरका थिए। पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तार अन्डरग्राउन्ड गर्ने भएको थियो।

त्यसैगरी अहिले बूढानीलकण्ठ, चपली, हात्तीगौडा, महाराजगञ्ज लगायतका क्षेत्रमा धमाधम बिजुलीको तार भूमिगत गर्ने काम भइरहेको छ। पाइप जडानका साथै तार तान्ने काम एकैपटक भइरहेको छ।

उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणका लागि बिजुलीको तार भूमिगत गर्न लागिएको हो प्राधिकरणले जनाएको छ।

तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ। विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडिबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ। विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देख्नुपर्ने छैन।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.